Dhulikhel Eco Banner new

राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा करिब ३ अर्ब रुपैयाँ लगानी गर्ने

2.15K
shares

काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा करिब पौने ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

राष्ट्र बैंकले यसका लागि कात्तिक २३ गते राति १२ बजेसम्म बैंकहरुलाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ। उक्त लगानी सन् २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनका लागि हुने बताइएको छ।

कुल लगानी रकममध्ये वाणिज्य बैंकमा २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ४० करोड ७७ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा १३ करोड ५९ लाख रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी गरिनेछ।