Dhulikhel Eco Banner new

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ४ करोड ५० लाख ५० हजार नाफा

2.69K
shares

काठमाडौं, २१ कात्तिक । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमाससम्ममा ४ करोड ५० लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ९६.९२ प्रतिशत घटि हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको नाफा १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ रहेको थियो । असोज मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ अर्ब २४ करोड ३१ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १६.३४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ३ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा २ अर्ब ९ करोड ४१ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेको बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर १५ करोड २ लाख रुपैयाँमा सीमित भएको हो । बैंकको प्रतिशेयर आम्दानीमा समेत भारी गिरावट देखिएको छ । १७.१६ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी ०।५३ रुपैयाँमा खुम्चिएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँमा पुगेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा१ अर्ब १६ करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको वितरणयोग्य मुनाफा समेत १ अर्ब १६ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । खराब कर्जा समेत ५।८२ प्रतिशतबाट बढेर ६।६३ प्रतिशत पुगेको छ ।