Dhulikhel Eco Banner new

एभरेष्ट बैंकको नाफा ४.५६ प्रतिशतले बढ्यो

3.04K
shares

काठमाडौं, २१ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ४.५६ प्रतिशतले बढि हो । बैंकले यस अवधिमा कुल बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि १२.३८ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा बैंकले दुई अर्ब ४० करोड ३८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले दुई अर्ब १३ करोड ९० लाख रुपैयाँको ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ४।५८ प्रतिशतले बढेर भएर एक अर्ब ६८करोड ५५ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ६१ करोड १६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । १२ अर्ब ९४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४४ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ २५५ रुपैयाँ ६९ पैसाँ रहेको छ । समग्र रुपमा बैंकको वित्तीय सूचांकहरुमा सुधार हुदै गएको छ ।