ङादी ग्रुप पावरले पायो हकप्रद शेयर जारी गर्ने अनुमति
वि.सं.२०७९ असार १० शुक्रवार १३:२९
4.56K
shares
shares

काठमाडौं, १० असार । ङादी ग्रुप पावर लिमिटेडले १५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनबाट बिहीवार स्वीकृति पाएको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी रू. ७० करोड ३९ लाख को १५० प्रतिशतले आउने प्रतिकित्ता रू. १ सय अंकित दरको १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।















