Dhulikhel Eco Banner new

दोहोरो अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.61K
shares

काठमाडौं, १४ मंसिर । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २६.५१ अंकले घटेर २६४९ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने २११ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ७ अर्ब ८ करोडको कारोबार भएको हो ।

दोहोरो अंकले घटेको शेयर बजारमा सागर डिष्टीलरीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो ।

यसदिन निफ्रा हरित ऊर्जा ऋणपत्र ६ प्रतिशत, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।