Dhulikhel Eco Banner new

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा इलामका बाढी पहिरो प्रभावितलाई न्यानो कपडा हस्तान्तरण

3.97K
shares

काठमाडौं, १५ मंसिर । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढी तथा पहिरो प्रभावितहरूलाई राहतस्वरूप न्यानो कपडा हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा प्रदान गरिएको बैंकले जनाएको छ।

दुवै कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडाहरू हस्तान्तरण गरेकी थिइन्। बैंकका तर्फबाट सूर्योदय नगरपालिका प्रभावितहरूका लागि ३५० वटा नयाँ ज्याकेट तथा दाताहरूबाट संकलित ७ बोरा न्यानो कपडा, र इलाम नगरपालिका प्रभावितहरूका लागि १७५ वटा नयाँ ज्याकेट तथा ५ बोरा न्यानो कपडा प्रदान गरिएको हो।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो स्थापना दिवसको अवसरमा इलामका बाढी पहिरो पीडितलाई सहयोग गर्ने घोषणा अनुकूल नै न्यानो कपडा वितरण गरिएको बैंकले जानकारी दिएको छ।

आम नागरिकको विश्वास र भरोसाका कारण बैंकले हाल १०९ शाखा कार्यालय र ३० एटीएममार्फत सेवा प्रवाह गरिरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीमा उत्कृष्ट अभ्यास अपनाउँदै आएको बैंकले आगामी दिनमा सेवा विस्तारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।