Dhulikhel Eco Banner new

सामान्य अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

2.8K
shares

काठमाडौं, २४ मंसिर । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.८६ अंकले घटेर २६०६ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ७३ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.३० प्रतिशतका दरले गुमाएका छन् ।