सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ मंसिर २४ बुधवार १६:१०
shares

काठमाडौं, २४ मंसिर । बुधवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ७.८६ अंकले घटेर २६०६ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ७९ कम्पनीको शेयर मूल्य बढेको छ भने १६९ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ७३ करोडको कारोबार भएको हो ।
सामान्य अंकले घटेको शेयर बजारमा स्वस्तिक लघुवित्त र मुक्तिनाथ कृषिका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
यसदिन एसवाइ प्यानलका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् भने लक्ष्मी लघुवित्तका लगानीकर्ताले ८.७६ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताले ७.१४ प्रतिशतका दरले कमाएका छन् ।



















