Dhulikhel Eco Banner new

नेपाल प्रहरीद्वारा इन्स्पेक्टर र असईको ठूलो संख्यामा नयाँ भर्ना खुला, कति चाहिन्छ योग्यता ?

3.91K
shares

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ४३८ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि नयाँ भर्ना खुला गरेको छ।

खुलातर्फ १२ जना इन्स्पेक्टर र २३६ जना असई माग गरिएको छ भने बाँकी पदहरू समावेशी समूहतर्फ राखिएको प्रहरीले जनाएको छ। इन्स्पेक्टर पदका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असई पदका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।

इन्स्पेक्टरका लागि फारम शुल्क १,२०० रुपैयाँ तोकिएको छ भने असईका लागि ५०० रुपैयाँ तोकिएको छ। उमेर सीमाअनुसार इन्स्पेक्टरमा आवेदन दिन २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुन आवश्यक छ।

शैक्षिक योग्यतामा इन्स्पेक्टरका लागि स्नातक तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने असई पदका लागि प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने प्रहरीले जानकारी दिएको छ।