Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोवार रकम भने घट्यो

3.3K
shares

काठमाडौं, २९ मंसिर । सोमवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ६.७४ अंकले बढेर २६०१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ भने १० कम्पनीको शेयर मुल्य स्थिर रहेको छ । यसदिन ३ अर्ब ४४ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा स्वस्तिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

यसदिन हिम स्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ६.९५ प्रतिशतका दरले गुमाएका छन् ।