एक्सेल डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, हेर्नुस् कति चाहिन्छ योग्यता ?
वि.सं.२०८२ पुस २ बुधवार १४:३८
shares

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले रिलेसनसिप म्यानेजर (सहायक स्तर) पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।
यस पदका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्षको कार्यअनुभव र कर्जा वा मार्केटिङसम्बन्धी क्षेत्रमा कम्तीमा एक वर्षको अनुभव अनिवार्य गरिएको छ । साथै, मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्र विषयमा स्नातक तह उत्तीर्ण गरी न्यूनतम ४५ प्रतिशत अंक वा सोसरह ग्रेड हासिल गरेको हुनुपर्नेछ ।
त्यसैगरी, बैंकले ट्रेनी सहायक पदमा पनि केही कर्मचारी माग गरेको छ । रामपुर, इलाम, मंगलवारे, फिक्कल, गौरिगञ्ज, पथरी शनिश्चरे तथा लेटाङ शाखाका लागि खुला गरिएको यस पदमा नयाँ (फ्रेसर) उम्मेदवारले पनि आवेदन दिन सक्नेछन् । उम्मेदवारले व्यवस्थापन वा आईटी (कम्प्युटर साइन्स) विषयमा स्नातक तह उत्तीर्ण गरी न्यूनतम ५० प्रतिशत अंक वा सो सरह ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । ट्रेनी सहायक पदका लागि उमेर हद अधिकतम २८ वर्ष तोकिएको छ ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले आफूले आवेदन दिन चाहेको पद र प्राथमिकता दिएको कार्यस्थल उल्लेख गरी अद्यावधिक बायोडाटा सहित हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्र, कार्यअनुभव प्रमाणपत्र तथा उच्चतम शैक्षिक योग्यताका प्रमाणपत्रको स्क्यान प्रतिलिपि संलग्न गरी पुस १५, २०८२ गते अपराह्न ४ः३० बजेसम्म इ–मेलमार्फत आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार छनोटमा परेका उम्मेदवारलाई मात्र आगामी छनोट प्रक्रियाका लागि सम्पर्क गरिनेछ । बैंकले कुनै पनि कारण नखुलाई आवेदन अस्वीकार गर्ने अधिकार सुरक्षित राखेको पनि जनाएको छ ।




















