शेयर बजारमा ४ अर्ब ५७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ पुस ३ बिहीवार १५:३७
4.98K
shares
shares

काठमाडौं, ३ पुस । शेयर बजारमा ४ अर्ब ५७ करोडको कारोबार हुँदा बाराही हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ ।
यसदिन राधी विद्युतको १८ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ भने बुटवल पावर कम्पनीको १६ करोड १० लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी ङादी ग्रुप पावरको १० करोड ८८ लाख रुपैयाँ कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ६७ लाख रुपैयाँ कारोबार भएको छ ।



















