सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १५ प्रतिशत लाभांश घोषणा
वि.सं.२०८२ पुस ४ शुक्रवार १०:४३
3.6K
shares
shares

काठमाडौं, ४ पुस । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले लाभांश घोषणा गरेको छ ।
पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
















