रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ आईपीओबारे धितोपत्र बोर्डद्वारा छानबिन समिति गठन
वि.सं.२०८२ पुस ४ शुक्रवार ११:२९
shares

काठमाडौं, ४ मंसिर । अर्थमन्त्रालयले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर बुक बिल्डिङ प्रक्रियामार्फत गरिएको निष्काशनसँग सम्बन्धित काम–कारबाहीबारे निष्पक्ष छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएपछि नेपाल धितोपत्र बोर्डले छानबिन समिति गठन गरेको छ।
बोर्डको मंसिर ४ गतेको निर्णयअनुसार बोर्ड सदस्य विनोद कुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा बोर्ड सदस्यहरू आनन्दराज शर्मा वाग्ले र पिताम्बर भण्डारी सदस्य रहेका छन्।
समितिलाई आवश्यक परेमा अन्य सम्बन्धित व्यक्ति तथा विज्ञलाई आमन्त्रण गरी छानबिन प्रक्रिया अघि बढाउन सक्ने अधिकार दिइएको छ। समितिले बुक बिल्डिङ प्रक्रियामार्फत शेयर निष्काशन गर्दा अपनाइएका प्रक्रिया, प्रचलित कानुनी व्यवस्था तथा सम्भावित त्रुटिहरूको अध्ययन, विश्लेषण गरी तोकिएको समयसीमाभित्र प्रतिवेदन पेश गर्नेछ।

















