Dhulikhel Eco Banner new

सालपा विकास बैंकको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी आईपीओ बाँडफाँड

5.07K
shares

काठमाडौं, ४ पुस । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको प्राथमिक शेयर ९आईपीओ० बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले शुक्रवार आईपीओ बाँडफाँड गरेको हो।

बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मंसिर २५ गतेदेखि मंसिर २९ गतेसम्म १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो।

आईपीओमा कुल ६७ हजार ६५५ जनाबाट आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत गरिएको छ भने बाँकी आवेदनहरू रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

गोलाप्रथामार्फत गरिएको शेयर बाँडफाँडमा १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। त्यसमध्ये ८ जना आवेदकले थप १–१ कित्ता गरी कुल ११ कित्ता शेयर पाएका छन्।