Dhulikhel Eco Banner new

यी हुन राज्यलाई धेरै कर तिर्ने १० संस्था (सूची सहित)

6.16K
shares

काठमाडौं, ५ साउन । गत आर्थिक वर्षमा राज्यलाई धेरै कर तिर्ने संस्थाहरु मध्ये सूर्य नेपाल पहिलो स्थानमा रहेको छ । शिर्ष १० मा ५ वटा बैंकअरु समावेश हुँदा सूर्य नेपालले एक वर्षको अवधिमा १० अर्ब ७२ करोड रुपैयाँ राजस्व तिरेको हो ।

यो सूचीको दोस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । जसले एक आर्थिक वर्ष भित्र ९ अर्ब ७२ करोड रुपैयाँ राजस्व तिरेको छ । ठूला करदाता कार्यालयका अनुसार गत आर्थिक वर्षमा धेरै कर तिर्ने बैंकको शिर्ष स्थानमा एनआईसी एशिया बैंक रहेको छ । यो बैंकले ३ अर्ब ४१ करोड कर तिरेको छ । र समग्रमा छैटौँ स्थानमा रहेको छ । बैंक तर्फको दोस्रो र समग्रमा सातौँ स्थानमा रहेको नबिल बैंकले गत आर्थिक वर्षमा राज्यलाई ३ खर्ब ३२ करोड रुपैयाँ कर तिरेको छ ।

त्यस्तै ग्लोबल आईएमई बैंकले ३ अर्ब २१ करोड कर तिरेको छ । यो आठौँ स्थानमा छ । त्यस्तै ९ औँ स्थानमा रहेको सिद्धार्थ बैंकले २ अर्ब ७७ करोड र १० औँ स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६५ करोड रुपैयाँ कर तिरेका छन् ।

धेरै कर तिर्ने सूचीको तेस्रो स्थानमा भने एनसेल आजियाटा लिमिटेड रहेको छ । उसले गत आर्थिक वर्षमा ७ अर्ब ७९ करोड रुपैयाँ कर तिरेको छ । चौथो स्थानमा रहेको गोर्खा ब्रुअरीले ५ अर्ब ६९ करोड र पाचौँ स्थानमा रहेको नेपाल विद्युत प्राधिकरणले ३ अर्ब ९५ करोड रुपैयाँ कर तिरेको छ ।

यी हुन् शिर्ष १० करदाता संस्था
१. सूर्य नेपाल १० अर्ब ७२ करोड
२. नेपाल दूरसञ्चार कम्पनी ९ अर्ब ७२ करोड
३. एनसेल आजियाटा ७ अर्ब ७९ करोड
४. गोर्खा ब्रुअरी ५ अर्ब ६९ करोड
५. विद्युत प्राधिकरण ३ अर्ब ९५ करोड
६. एनआईसी एशिया बैंक ३ अर्ब ४१ करोड
७. नबिल बैंक ३ अर्ब ३२ करोड
८. ग्लोबल आईएमई बैंक ३ अर्ब २१ करोड
९. सिद्धार्थ बैंक २ अर्ब ७७ करोड
१०. राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ६५ करोड