Dhulikhel Eco Banner new

सहकारीका समस्या समाधानका लागि राष्ट्र बैंक सक्षम छ : चिन्तामणि शिवाकोटी

4.75K
shares

काठमाडौं, १४ फागुन । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि शिवाकोटीले सहकारीमा देखिएका समस्या समाधानका लागि नियम कानुनकै अभाव रहेको बताएका छन् । आइतबार आर्थिक मिडिया सञ्चाल संघले आयोजना गरेको सहकारीको संकटका कारण र समाधानका उपाय विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले यस्तो बताएका हुन् ।

नेपाल राष्ट्र बैंकको अधिकार क्षेत्र भित्र सहकारी नरहेकाले राष्ट्र बैंकले केही पनि गर्न नसक्ने बताउका शिवाकोटीले अधिकार दिएको खण्डमा नियमन गर्न सकिने बताए । राष्ट्र बैंकले केही सहकारीलाई नियमन गर्नु पर्छ भन्ने आवाज उठेको भए पनि नीति नियम नभएको अवस्थामा काम गर्न नसकेको उनले जानकारी दिए ।

राष्ट्र बैंकलाई जिम्मा दिएको खण्डमा आफूहरु काम गर्न तयार रहेको उनले बताए । ‘अहिले ५० करोडभन्दा बढी कारोबार हुने सहकारीको अनुगमन गर्न भनिएको छ तर कारबाही गर्ने काम पनि राष्ट्र बैंकलाई दिनु पर्छ,’ उनले भने । शिवाकोटीले अनुसन्धत वा अध्ययन गरेर प्रतिवेदन बुझाउनको लागि मात्रै केन्द्रीय बैंकले जिम्मेवारी नलिने उनको भनाइ थियो । केन्द्रीय बैंकलाई कारबाहीको अधिकार सहितको काम गर्ने जिम्मेवारी दिएको खण्डमा जिम्मेवारी पुरा गर्न आफूहरु तयार रहेको उनले बताए ।

‘सहकारीको नियमन गर्ने भनेर अनुसन्धान गर्ने, अध्ययन गर्ने र प्रतिवेदन बुझाउने कामका लागि मात्र राष्ट्र बैंकले नियमनको जिम्मेवारी लिँदैन,’ उनले भने, ‘ऐन नै संशोधन गरेर कारबाही गर्ने जिम्मेवारी दिने हो भने नियमन गर्न समस्या छैन ।’ राष्ट्र बैंककले नसके अर्को संस्था खोलेर भए पनि अनुगमन गराउनु पर्ने उनको भनाइ थियो ।