Dhulikhel Eco Banner new

सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नु पर्छ : उद्योगमन्त्री रिजाल

4.6K
shares

काठमाडौं, २८ चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले देशको विकासको लागि निजी क्षेत्र र सरकार मिलेर अघि बढ्ने पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ वार्षिक साधारणसभामा बोल्दै मन्त्री रिजालले सबै मिलेर अहिलेको अवस्थाबाट पार पाउन सकिने बताएका हुन् ।

निजी क्षेत्रसँग सहकार्य गर्नका लागि सरकार तयार रहेको भन्दै मन्त्री रिजालले अन्तर मन्त्रालयलसँग समन्वय गर्नु पर्ने बताएका थिए ।