Dhulikhel Eco Banner new

डलर र पाउण्डको मूल्य स्थिर, युरोको बढ्यो

4.76K
shares

काठमाडौं, २ वैशाख । नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर र पाउण्डको मूल्य स्थिर रहेको छ भने युरोको मूल्य बढेको छ । अघिल्लो दिन घटेको अमेरिकी डलर मूल्य स्थिर रहेको हो । त्यस्तै अघिल्लो दिन बढेको पाउण्डको मूल्य पछि स्थिर रहेको छ ।

राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिक डलरको खदिरदर १३० रुपैँया ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । त्यस्तै शनिबार युरोको खदिर तथा बिक्रीदर बढेको छ । अघिल्लो दिन पनि बढेको युरोको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४४ रुपैयाँ बिक्रीदर १४४ रपैयाँ ६६ पैसा रहेको थियो । शनिबार पाउण्ड मूल्य पनि स्थिर रहेको छ । पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको छ ।

राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रुपैयाँ १ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ ।