Dhulikhel Eco Banner new

अमेरिकी डलरको भाउ स्थिर, कुन देशको विनिमयदर कति ?

5.03K
shares

काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर, युरो र पाउण्डको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन पनि स्थिर रहेको डलरको मूल्य आइतबार पनि स्थिर रहेको हो ।

अघिल्लो दिन स्थिर रहेको पाउण्डको मूल्य पनि स्थिर रहेको छ । त्यस्तै अघिल्लो दिन बढेको युरोको मूल्य पनि स्थिर रहेको छ । राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार एक अमेरिक डलरको खदिरदर १३० रुपैँया ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै शनिबार युरोको विनिमयदर अघिल्लो दिनकै जस्तै खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा नै रहेको छ । आइतबार पाउण्ड मूल्य पनि स्थिर रहेको छ । पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा रहेको छ ।

राष्ट्र बैंकले बिहीबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रुपैयाँ १ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा रहेको छ ।