Dhulikhel Eco Banner new

एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

4.41K
shares

काठमाडौं, ३ वैशाख । एनएमबि बैंकको १० औँ हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बैंकले वैशाख २ गते शनिबार एनएमबि भवन बबरमहलदेखि दरबार स्क्वायरसम्मको वाक कार्यक्रम सम्पन्न गरेको हो ।

समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जन उपस्तिथ थिए । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ४ लाख ९० हजार रुपैयाँ सहयोग पाटन दरबार संग्रालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

यस्तै प्रकारको कार्यक्रम सबै कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा प िनगरिएको छ । बैंकले कोशी प्रदेशको ब्रम्हनन्द पुलदेखी बाराहक्षेत्र मन्दिर सम्म, मधेष प्रदेशमा लाहान शाखादेखी दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखादेखी केधारेश्वर मन्दिर, लुम्बिनी प्रदे्रशमा ट्राफिक चोक शाखादेखी कालिका मन्दिरसम्म र कर्णाली प्रदेशको सुर्खेत शाखादेखी काक्रेबिहार मन्दिरसम्म र सुदूर पश्चिम प्रदेशको धनगढी शाखादेखि शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिनु भएको थिया । नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य धर्म शाक्य र ललितपुर महनगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै धारणा व्यक्त गरेका थिए । एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले धन्यवाद व्यक्त गरे ।

विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकैे उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।