Dhulikhel Eco Banner new

मौद्रिक नीतिको समिक्षा : विदेशी मुद्राको सञ्चिमा उल्लेख्य सुधार

4.86K
shares

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको अवधिमा आइपुग्दा विदेशी मुद्राको सञ्चितमा लक्ष्यभन्दा राम्रो सुधार भएको जनाएको छ । शुक्रबार सार्वजनिक भएको २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार विदेशी मुद्राको सञ्चिती करिब १० महिनाका लागि वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको हो ।

राष्ट्रबैंकले चालू आर्थिक वर्षमा ७ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनियम सञ्चिति कायम गर्ने लक्ष्य लिएको थियो । चैत मसान्सम्म आइपुग्दा यस्तो सञ्चिति ९.४ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्न मात्रमा सञ्चित रहेको छ । आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मूल्य वृद्धि ७.० प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा पहिलो नौमहिनामा औसत उपभोक्ता मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १२ प्रतिशतसम्मलेहुने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो वृद्धिदर ९.९ प्रतिशत मात्रै रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७९÷८० मा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १२.६ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण रहेकोमा वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो वृद्धिदर ४.० प्रतिशत रहेको छ ।