Dhulikhel Eco Banner new

शेयर बजारमा दोहोरो अंकको सुधार, परिसूचक १९०० विन्दु माथि

4.63K
shares

काठमाडौं, ९ जेठ । शेयर बजारमा मंगलबार पनि सुधार देखिएको छ । पछिल्लो समय लगातार रुपमा सुधार भइरहेको शेयर बजार मंगलबार ५० अंकभन्दा बढीले बढेको हो । अघिल्लो दिन पनि शेयर बजारमा सुधार देखिएको थियो ।

मंगलबार शेयर बजार परिसूचक २.७१ प्रतिशतले बढेको हो । समग्रमा मंगलबार बजार ५१ दशमलव ३१ अंकले बढेको छ । यो सँगै बजार परिसूचक पनि १९०० विन्दुमाथि पुगेको छ । मंगलबारको कारोबार बन्द हुँदा शेयर बजार परिसूचक १९४२ दशमलव ६३ विन्दुमा पुगेको हो ।

मंगलरबार नेप्सेसँग कारोबार रकममा पनि सुधार आएको छ । आज २७१ कम्पनीका ६० लाख ६७ हजार ४३२ कित्ता शेयर ३८ हजार ७९६ पटक खरिद बिक्रीहुँदा २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.८५ प्रतिशतले बढेको छ । अघिल्लो दिनको भन्दा ८ दशमलव ८५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३६७ दशमलव ७४ विन्दुमा पुगेको छ ।