स्थानीय तहका जनप्रतिनिधिहरु आक्रोशित, सिंहदरबार घेराउ गर्ने तयारी
वि.सं.२०८० असार २२ शुक्रवार ०९:४५
shares

काठमाडौं, २२ असार । आज स्थानीय तहका जनप्रतिनिधिहरुले सिंहदरबार घेराउ गर्ने भएका छन् । संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलन गर्न लागेका हुन् ।
स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै संघीयता बचाउनको लागि भन्दै दुबै पालिका संघहरुले आन्दोलनको तयारी गरेका हुन् ।


















