Dhulikhel Eco Banner new

शेयर बजारमा गिरावट, कारोबार २ अर्ब ८५ करोड

5.15K
shares

काठमाडौं, २६ असार । साताको कारोबारको तेस्रो दिन शेयर बजारमा केहि गिरावट आएको छ । आज ४ दशमलव ७३ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०७२ दशमलव २४ विन्दुमा पुगेको छ ।

मंगलबार २८३ कम्पनीका ७९ लाख ८८ हजार ९८६ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँको कारोबार भएको छ ।

आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढेको छ । आज ० दशमलव २५ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३८८ दशमलव ८६ विन्दुमा पुगेको छ ।