Dhulikhel Eco Banner new

निजी क्षेत्रले माग गरेजस्तो मौद्रिक नीति आएन : उपाध्यक्ष ढकाल

5.69K
shares

काठमाडौं, ९ साउन । उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले माग गरेको जस्तो मौद्रिक नीति नआएको गुनासो गरेका छन् । केटीएम भ्वाइससँगको कुराकानीमा उनले तत्कालै बजार चलायमान हुने खालको मौद्रिक नीति नआएको बताएका हुन् ।

‘जति बजारले आशा गरेजस्तो, बजार तत्कालै चलायमान हुने खालको, उत्पादन बढाउँने भनेको छ तर त्यसको निर्देशिका आएपछि थाहा हुन्छ निर्देशिका आउँन बाँकी छ’ उनले भने,‘तर अहिले नै तत्काल बजार चलायमान हुने खालको र निजी क्षेत्रले माग गरेजस्तो मौद्रिक नीति छैन ।’

उनले केही कुरा निर्देशिकाले पनि समेट्ने भएर निर्दैशिकामा समेटिनेमा आशावादी रहेको समेत बताएका छन् ।