Dhulikhel Eco Banner new

डलरको भाउ १३३ रुपैयाँ पुग्यो

5.07K
shares

काठमाडौँ, ३० असाेज । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ ।

भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेकाे छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसामा कारोबार हुनेछ । युरोपियन युरो एकको खरिद दर १४० रुपैयाँ ०४ पैसा र बिक्री दर १४० रुपैयाँ ६७ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ५९ पैसा र बिक्री दर १६२ रुपैयाँ ३२ पैसा हुँदा क्यानेडियन डलरको खरिददर ९७ रूपैयाँ ५० पैसा तथा बिक्री दर ९७ रूपैयाँ ९४ पैसा तथा अष्ट्रेलियन डलर खरिद दर ८४ रूपैयाँ ८ पैसा तथा बिक्री दर ८४ रूपैयाँ ४६ रूपैयाँमा कारोबार हुनेछ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेको जनाएको राष्ट्र बैंकले जापनी एन ८ रूपैयाँ ८९ पैसामा खरिद गरिनेछ भने ८ रूपैयाँ ९३ पैसामा बिक्री गरिनेछ ।