सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड विनियोजन
वि.सं.२०७९ जेठ १५ आइतवार १८:२४
5.64K
shares
shares
फाइल फोटो
काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान दिन १३ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले विपन्न, दलित तथा पिछडिएको क्षेत्र, वैदेशिक रोजगारीबाट फर्किएका, लघु साना तथा मझौला, महिला उद्यमीले यस्तो कर्जा पाउने गरेका छन् ।
आइतबार संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९–०८० को आयव्यय प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बताएका हुन् ।

















