Dhulikhel Eco Banner new

आज सेयर बजारमा ८।२६ अंकको बढोत्तरी

3.99K
shares

काठमाडौं ३० वैशाख । साताको पहिलो दिन आइतबार कारोबार सेयर बजार बढेको छ । आज आइतबार सेयर बजार ८।२६ अंकले बढेको छ त्यसैगरी बजार परिसूचक १९७४।५० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आइतबार फाइनान्स समूह १८।७८ अंक, होटेल तथा पर्यटन १२६।४५ अंक, माइक्राफाइनान्स ५७।८१ अंकले घटेका छन् । यी बाहेकका सबैसमूहहरु हरियाली बनेका छन् ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, सोनापुर मिनिरल्स एण्ड आयलको पनि ८ करोड ५ लाख, शिवम् सिमेन्टको ७ करोड ७१ लाख, नेपाल इन्स्योरेन्सको ६ करोड ९५ लाख र सोल्टी होटेलको ६ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।

आइतबार सृजनशील लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट १० प्रतिशत लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४ रुपैयाँ ८० पैसा बढेर १ हजार ३७२ रुपैयाँ ८० पैसा कायम भएको छ ।

आइतबार उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ७।५२ प्रतिशत, युनाईटेड अजोडको ५।६९ प्रतिशत, हिमालयन एभरेष्टको ५।५५ प्रतिशत र एशियन लाइफको ५ प्रतिशत बढेको छ।

यता, साताको पहिलो कारोबार मानुषी लघुवित्तको सेयर मूल्य ५।४४ प्रतिशत घटेको छ। यस्तै, दोल्ती पावरको ४।५९ प्रतिशत र आरएसडीसी लघुवित्तको सेयर मूल्य ४।४२ प्रतिशत घटेको छ । यी लगायतका सोल्टी होटेल, नेष्डो समृद्धि, मेगा म्युचुअल फन्ड–१, स्वरोजगार लघुवित्त लगायतका लगानीकर्ताले गुमाएका छन् ।