Dhulikhel Eco Banner new

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रुपैयाँ रेमिट्यान्स

3.86K
shares

काठमाडौं ३० वैशाख । चालु आर्थिक वर्षको चैत मसान्तसम्म विप्रेषण आप्रवाह १९।८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांकअनुसार रेमिट्यान्स आप्रवाह १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ भित्रिएको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँ र चालु खाता १ खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत चैत मसान्त सम्ममा १९ खर्ब ११ अर्ब ८६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत(नयाँ० लिने नेपालीको संख्या ३ लाख २९ हजार चार सय २२ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार सात सय २१ रहेको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२।५ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।