८ अर्ब ५५ करोड ५० लाख वैदेशिक लगानी स्वीकृत
वि.सं.२०८१ भदौ ४ मंगलवार १४:५५
2.43K
shares
shares

काठमाडौं, ४ भदौ । चालु आर्थिक वर्षको पहिलो महिनामा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ ।
गत आर्थिक वर्ष २०८०/८१ देखि चालु आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ ।
साउनमा ५९ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यसमध्ये ५७ साना हुन् भने २ ठूला उद्योग हुन् । यी उद्योगले ३२३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
















