Dhulikhel Eco Banner new

६६ करोड ५८ लाख ७३ हजार बराबरको सिमेन्ट निर्यात

2.9K
shares

काठमाडौं, १८ मंसिर । नेपालबाट चालु आर्थिक वर्षको चार महिनाको अवधिमा साढे ६६ करोड बराबरको सिमेन्ट निर्यात भएको छ ।

चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ६६ करोड ५८ लाख ७३ हजार बराबरको दुई लाख ६८ हजार ७०५ टन सिमेन्ट क्लिङ्कर र सिमेन्ट निर्यात भएको हो ।

जसमध्ये ४९ करोड ६८ लाख ६३ हजार रुपैयाँको दुई लाख ३८ हजार ८५४ मेट्रिक टन सिमेन्ट निर्यात भएको छ भने १६ करोड ९० लाख ९ हजार रुपैयाँको २९ हजार ८५१ टन सिमेन्ट क्लिङ्कर निर्यात भएको छ ।