बालेनले पाए चुनाव चिन्ह लौरो

वि.सं.२०७९ वैशाख १७ शनिवार १३:०५
shares

काठमाडौँ । बालेन्द्र शाह उर्फ बालेनले चुनाव चिन्ह पाएका छन् । उनले चुनाव चिन्हमा लौरो पाएका हुन् । काठमाडौँ उपमहानगरपालिकाले निर्वाचन आयोगले आज दिएको चुनाव चिन्हमा बालेनले लौरो पाएका हुन् ।
निर्वाचन आयोगले चुनाव चिन्ह अन्य राजनीतिक दलसँग नमिलोस भनेर स्वतन्त्र उम्मेदवारलाई अन्तिमा चिन्ह दिने गर्छ । त्यहि क्रममा बालेनले पनि आज चुनाव चिन्ह पाएका हुन् ।
बालेनले चुनाव चिन्ह सामजिक सञ्जाल फेस्बुकमा देखाउँदै लेखेका छन्, “चुनाब चिन्ह ‘लौरो’ बुढा बुढी लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने” भनेर पोष्ट गरेरका छन् ।
बालेन काठमाडौँ उपमहानगरपालिकाको स्वतन्त्र मेयरका उम्मेदवरा हुन् । उनी अहिले निकै चर्चामा रहेका उम्मेदवार हुन् ।