Dhulikhel Eco Banner new

तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको अन्तरिम आदेश

4.75K
shares

काठमाडौं, १५ कात्तिक । आगामी चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुरको क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश कुमार चुडालको एकल इजलासले निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेर तत्काल निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै निर्वाचन आयोगले गएको शनिवार उम्मेदवारी खारेज गरिदिएको थियो । आयोगको निर्णयविरुद्ध कार्कीले सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।