Dhulikhel Eco Banner new

नयाँ नेतृत्वको सरकारले देशलाई आर्थिक मन्दीमा लगेको हो : महासचिव पोखरेल

4.68K
shares

काठमाडौं, २५ चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस र माओवादी नेतृत्वको सरकारले मुलुकमा आर्थिक मन्दी छाएको आरोप लगाएका छन् ।

शनिवार काठमाडौंमा आयोजित नेपाल खेलकुद महासंघ काठमाडौं महानगर कमिटीको दोस्रो अधिवेशनमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिएसँगै मुलुक नै आर्थिक संकटमा परेको बताए ।

उनले भने, ‘पुष्पकमल दाहाल प्रचण्डको अस्थिर नीतिले नेकपा एमाले सरकारबाट बाहिरिने अवस्थामा आयो । एमाले रहुन्जेलसम्म मुलुकमा आर्थिक क्षेत्रमा सुधारका संकेतहरू देखिएका थिए । जब कांग्रेस र माओवादीको सरकार बन्यो तब मौद्रिक तरलतामा संकट उत्पादन भयो । अहिलेको सरकार लामो समयसम्म रहने हो भने मुलुक आर्थिक मन्दीमा जान्छ ।’

अहिलेको सरकार लामो समयसम्म रहेमा मुलुक आर्थिक संकटमा जान्छ भनेर सबै मतदातालाई जानकारी गराउनु आवश्यक भएको उनको भनाई छ । उनले यो देशमा विकास र समृद्धिको काम गर्ने नेकपा एमाले मात्र हो भनेर सहरी क्षेत्रको मतदातालाई विश्वास दिलाउन सक्नुपर्ने पनि बताएका छन् ।