मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादव
वि.सं.२०८० वैशाख ३ आइतवार १२:०४
shares

काठमाडौं, ३ वैशाख । अहिले देशका ३ वटा क्षेत्रमा उपनिर्वाचनको रोनक छ । मंसिरमा सम्पन्न निर्वाचनबाट खालिरहेका विभिन्न तीन क्षेत्रमा वैशाख १० गते उप निर्वाचन हुँदै छ । यस मध्येको एक क्षेत्र हो मधेष प्रदेशको बारा जिल्लाको क्षेत्र नम्बर २ । यहाँबाट निर्वाचित सांसाद रामसाय प्रसाद यादव उपराष्ट्रतिमा निर्वाचित भएपछि खाली भएको क्षेत्रमा वैशाख १० मा उप निर्वाचन हुने भएको हो ।

यो क्षेत्रमा मधेश आन्दोलनबाट उदाएका एक व्यक्ति उपेन्द्र यादव चुनावी मैदानमा छन् । मधेश आन्दोलनबाट निर्माण भएको मधेशी जनअधिकार फोरमबाट मधेशको राजनीतिमा सक्रिय रहेका यादव मधेशबाट लगातार रुपमा निर्वाचन जित्दै आएका नेताहरुमा पर्छन् । मंसिरमा भएको निर्वाचनमा भने उनी पराजित हुन पुगे । अहिले उप निर्वाचनबाट पुनः संसदमा पुग्ने योजनाका साथ मैदामा होमिएका नेता यादव बाराको क्षेत्र नम्बर २ मा नै रहेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले आफू तराइ मधेशको हकहितका लागि सधै डलेको भन्दै उनी अहिले भोट माग्नमा व्यस्त छन् ।

तराइमा सामाजिक एकता र सद्भाव भड्काउनेहरु सक्रिय रहेकाले त्यसलाई परास्त गर्नका लागि आफू चुनावि मैदानमा आएको उनको भनाइ छ । विभिन्न चुनावी सभाहरुमा उनले साम्प्रदायिक एकता भाड्नेहरुबाट सावधान रहनु पर्ने बताउँदै आएका छन् ।
बाराको करैयामा आयोजित जनता दर्शन कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भनेको थिए ‘जातिय र साम्प्रदायिक नारा लगाएर समाजमा हिंसा भड्काउन खोज्ने तत्वहरुलाई भोट मार्फत् जवाफ दिनुस ।’ राजनीतिका कुरा गरेर जनतालाई भड्काउने र सामाजिक एकता विथोल्नेहरुबाट सावधान रहनु पर्ने उनको भनाइ थियो ।
परिवर्तनकामी शक्तिहरुको कठोर संघर्ष तथा मधेश विद्रोहकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएकोले यसमा पनि सबैले ध्यान दिनु पर्ने उनको भनाइ छ । संघीयता विरोधी शक्तिहरु विभिन्न नाममा सल्बलाई रहेकोले सचेत बन्नु पर्ने बताए ।
कृषि क्रान्तिको लागि सिंचाई, मल, बीउबीजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरि कृषिलाई सबल बनाएर मात्रै देशको अर्थतन्त्र बलियो हुने यादवको भनाइ छ । उनी अहिले गठबन्धनबाट उम्मेदवार भएकाले उनी विजयी भएको खण्डमा मन्त्री बन्ने सम्भावना उच्च हरेको उनी निकट नेताहरुले बताउने गरेको छन् । सांसद मात्रै भन्दा पनि मन्त्री नै बन्ने व्यक्तिलाई विजयी गराएको खण्डमा क्षेत्र र जिल्लाको विकासमा टेवा पुग्ने गठबन्धनका नेताहरुको भनाइ छ । यसका लागि उपेन्द्र यादव विजयी बन्न अनिर्वाय रहेको नेताहरु बताउने गर्छन् ।
अहिले वैशाखको चर्को घाममा पनि उम्मेदवारहरु मतदाता रिझाउन चुनावी अभियानमा व्यस्त छन् । चुनावी मैदानमा रहेका उम्मेदवाहरुमध्ये उपेन्द्र यादव भने फरक शैलीबाट ‘जनता दर्शन’ कार्यक्रमलाई अगाडि बढाइरहेका छन् । उनले सामान्य रुपमा आफ्नो चुनावी अभियानलाई सञ्चालन गरिरहेका छन् । उनले अरुको विरोध गर्नेभन्दा पनि आफ्ना एजेण्डाहरु मात्रै जनतासमक्ष राख्दै आएका छन् ।
को हुन यादव ?
मधेष प्रदेशमा लोकप्रिय रहेका नेता यादवको राजनीतिमा वि.सं. २०३२ सालतिरै बाट लागेका हुन् । त्यतिबेला झापा आन्दोलनको उभारले ढपक्कै छोपेको थियो । त्यतिबेला उनी पुष्पलाल समूहको अनेरास्ववियुमा संलग्न भए र त्यहीबाट उनको राजनीतिक यात्राका सुरुवात भयो । वि.सं. २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठबाट कम्युनिस्ट पार्टीको सदस्यता लिए । त्यसपछि पनि उनले विद्यार्थी राजनीति छाडेनन् । त्यतिबेला अखिल प्रतिबन्धित थियो । उनले भूमिगतरूपमा काम गरे ।
विद्यार्थी राजनीति हुँदै यादव जनमत सँग्रहमा सक्रिय भए । तर, जनमतसँग्रहसँगै अखिल विभाजित भयो । उनी प्रगतिशील विद्यार्थी युनियनको दुई कार्यकाल उपाध्यक्ष भए । वि.सं. २०४६ सालमा उनी नेपाली कांग्रेसको आह्वानमा भएको सत्याग्रहमा सामेल भए ्। उनलाई काठमाडौंमा गिरफ्तार गरियो । उनले केन्द्रीय कारागारमा एक वर्ष बिताए । त्यतिबेला उनीसँग प्रदीप गिरी, दमननाथ ढुङ्गाना, मार्सलजुलुम शाक्य, गोपालप्रसाद भट्टर्राई लगायत काङ्ग्रेसी नेताहरू थिए ।
पछि पुष्पलाल समूहको अध्यक्ष साहना प्रधान र मनमोहन अधिकारीको पार्टी मिलेर नेकपा (मार्क्सवादी) बन्यो । उनले त्यो पार्टीको कोशी अञ्चल कमिटीमा रहेर काम गरे । त्यसको इन्चार्ज भरतमोहन अधिकारी थिए । वि.सं. २०४६ सालको आन्दोलनमा यादव विराटनगरमा गिरफ्तार भए। उनलाई धनकुटा लगियो। प्रजातन्त्र पुनर्स्थापना भएपछि उनी छुटे। लगत्तै नेकपा माले र मार्क्सवादीबीच एकता भयो र एमाले बन्यो। वि.सं. २०४८ सालमा यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी–लेनिनवादी)ले सुनसरी–४बाट उम्मेदवार बनायो। उनले जित्न सकेनन्। त्यसपछि उनलाई पार्टीले सुनसरी र मोरङको जिम्मेवारी सुम्पियो ।
मधेशका विषयमा निरन्तर कुरा उठाउने यादबले २०५६ सालमा उनले पार्टीभित्र मशेधका कुरा पनि उठाउने गरेका थिए । उनले त्यो समयमा उठाएको विषयमा पार्टीले उनलाई साम्प्रदायिक व्यक्ति भनी आरोप लगाएपछि उनले पार्टीबाट राजीनामा दिए । त्यसपछि उनले २०५४ सालमा नै गठन भएको मधेसी जनअधिकार फोरममा क्रियाशील भए । वि.सं.२०५९ असोज १८ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि फोरममाथि हमला भयो । यादवलगायतका नेता कार्यकर्ताले भूमिगत र अर्धूमिगत भएर काम गरे ।
त्यसबीचमा उनले नेकपा माओवादीसित पनि सहकार्य गरे । तर, उनले माओवादीको सदस्यता लिएको थिएनन् । वि.सं. २०६१ सालमा राजाको प्रत्यक्ष शासन कायमै थियो । उनीलगायत मातृका यादव र सुरेश आले दिल्लीमा पक्राउ परे । उनकै नेतृत्वमा नेपालको इतिहासमा पहिलोपटक मधेसी ब्यानरमा आन्दोलन भएको थियो । तर, जनआन्दोलनको भावना र मर्मानुसार सात दलको सरकारले मधेसी, दलित एवं जनजातिको भावनाको कदर नगरेपछि उनले मधेस आन्दोलन उठाए । मधेस आन्दोलनकै आलोकमा उपेन्द्र यादव नेताका रूपमा स्थापित भए । मधेस आन्दोलनले नै मधेसी जनअधिकार फोरम मजबुत बन्यो । पछि निर्वाचन आयोगमा दर्ता भएपछि राजनीतिक शक्तिका रूपमा उदायो । पहिलो संविधानसभा निर्वाचनसम्म फोरम दलका रूपमा दर्ता भयो । अनि निर्वाचनमा मधेसी–पहाडी सबैको पार्टी बन्र सफल भयो । त्यतिबेला सो पार्टी संविधानसभामा चौथो ठूलो पार्टीका रूपमा ५२ स्थान हासिल गरेको थियो ।
त्यस पछि विभिन्न समयमा सरकारमा गएका यादवले मधेषका विषयमा लगातार रुपमा आवाज उठाउँदै आएका छन् । अहिले पनि उनले मेधेषका विषयमा आफ्नो ध्यान केन्द्रित बताउँदै आएका छन् । साम्प्रदायी भडकाममा नलाग्नका लागि पनि उनले मधेशका जनातालाई आग्रह गर्दै आएका छन् । बारा क्षेत्र नम्बर २ को विकासका लागि आफू सधै सक्रिय हुने बताउँदै आएका यादवले यसलाई उपनिर्वाचनलाई अवसरका रुपमा हेरेका छन् ।
उनका बारेमा के भन्छन् सहकर्मीहरु
उनका सहकार्मीहरु उनललाई गतिशिल र प्रगतिशित व्यक्तिका रुपमा चित्रण गर्छन् । मधेशका विषयमा उपेन्द्र निकै गतिशिल व्यक्ति भएको जसपाका नेता जितेन्द्र सोनमको भनाइ छ । शोषित पीडितका लागि यादवको विकल्प नरहेको उनी बताउँछन् । बाराको विकासका लागि यादवको विकल्प नरहेको उनी बताउँछन् ।
नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रि अजय प्र. चौरसियाले उपेन्द्र तराइ क्षेत्रको विकासका लागि उपयुक्त व्यक्ति भएको बताउँछन् । लामो अनुभव भएकाले बाराको विकासका लागि यादव उपयुक्त पात्र भएको उनको आवश्यकता रहेको बताउँछन् ।
त्यस्तै नेपाली कांग्रेसका जिल्ला अध्यक्ष राजेश यादव उपेन्द्र मधेको पहिचान भएको बताउँछन् । बारा क्षेत्र नम्बर २ ले यादव जस्तो व्यक्ति पाउनु गर्वको विषयमा भएको उनले बताए । मधेश विद्रोहको नायकमा रुपमा उपेन्द्रको पहिचान स्थापित भएको उनको भनाइ छ ।



















