Dhulikhel Eco Banner new

इमान्दार भएर काम गरे परिणाम आफैँ देखिन्छ : अध्यक्ष ढकाल

4.97K
shares

काठमाडौं, ३ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी अध्यक्ष चन्द्र ढकालले इमान्दार भएर काम गरे स्वतः परिणाम देखिने बताएका छन् । आइतबार अध्यक्षको रुपमा औपचारिक पदभार ग्रहण गर्दै उनले आफूले इमान्दार भएर काम गर्ने र त्यसले स्वतः राम्रो परिणाम देखिने बताएका हुन् ।

नेपालका लागि आउने दिनहरु निकै नै राम्रो भएको उनको विश्वास छ । पदभार ग्रहणपछि उनले भने ‘यदि इमान्दार भएर काम गर्ने हो भने परिणाम आफैँ देखिन्छ । मेरो हिसाबमा नेपालमा अवसर नै अवसर छ जस्तो लाग्छ । आउने दिनहरु सबैको लागि राम्रो हुन्छ । ’

मुलुकको वर्तमान स्थिति सकरात्मक बन्दै गएको बताएका उनले सबैले सकारात्मक निरन्तरता दिने हो भविष्य उज्ज्वल रहेको बताए । त्यस्तै निवर्तमान अध्यक्ष शेखर गोल्छाले नयाँ आएको नेतृत्वले देशमा देखा परेको आर्थिक संकट समाधानका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।