Dhulikhel Eco Banner new

आज सदनबाट नीति कार्यक्रम पारित गर्ने तयारी

4.41K
shares

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको प्रश्नको आज जवाफ दिने भएका छन् ।

शनिवार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
शनिवार बस्ने प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा निरन्तर छलफल भइरहेको छ । शुक्रबारनै प्रधानमन्त्रीले संसदमा जवाफ दिने तथा नीति कार्यक्रम पारित गर्ने तयारी गरिए पनि नेकपा एमालेले बैठकमा अवरोध गरेपछि संसद बैठक आजको लागि सारिएको हो ।