सबैभन्दा महंगो तरकारी डल्ले च्याउ, कुन तरकारीको मूल्य कति
वि.सं.२०८० जेठ १३ शनिवार ०९:५७
shares

काठमाडौं, १३ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल गोलभेँडा २४ रुपैयाँ,रातो आलु(मुडे) ४० रुपैयाँ, सेतो आलु ३२ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, कागती १६० रुपैयाँ, सुकेको प्याज ३४,रुपैयाँ ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७०, तने बोडी ४०,लोकल सिमी ४०, भटमासकोशा १२०,मटरकोशा १८०, तिते करेला २०,लौका ४०,परवल ७०,पाकेको फर्सी ४०,फर्सी हरियो २५, घिरौंला ४०,भिण्डी ५०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ २८०, कुरीलो २५०,ब्रोकाउली ७०, तोफु ११०, लोकल काँक्रो ८०,बरेला १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन १००, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ १०० रुपैयाँ प्रतिकेजी तोकिएको छ ।
त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो४०,भारतीय दसहरी आँप २००,मौसम १६०,अनार ३००,केरा दर्जनको १४०,फूजी स्याउ २६०,आभोकाडो ४०० र मेवा नेपाली ६० र लिच्ची लोकल १५० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।


















