Dhulikhel Eco Banner new

तमाम सांसद र प्रतिपक्षीलाई उल्लु बनाउँन नखोजे हुन्छ : सांसद लिङ्देन

4K
shares

काठमाडौं, २२ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने नभएर प्रक्रियाको कुरा भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उनले आफुहरुले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने भन्दा पनि प्रक्रियाको कुरा भएकाले तमाम सांसदहरु र प्रतिपक्षहरुलाई उल्लु बनाउँन नसक्ने बताएका हुन् ।

उनले भने‘ हामीले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने होइन प्रक्रियाको कुरा हो यसमा तमाम सांसदहरुलाई प्रतिपक्षहरुलाई उल्लु बनाउँन पाइदैन् । ’ अध्यक्ष लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अखण्ड भारतमा लुिम्बनी कपिलवस्तु समावेश गरिएको विषयमा के कुरा भयो भन्दै प्रश्न गरेका छन् ।

उनले सोधेका छन् ‘ नक्साको विषयमा प्रधानमन्त्रीको धारणा के हो ? जो अखण्ड भारतमा लुम्बिनी कपिलवस्तु समावेस गरियो के कुरा भयो र तपाईको धारणा के हो ?