Dhulikhel Eco Banner new

कोभिडका कारण दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् कार्य रोकियो

6.44K
shares

काठमाडौं, २० जेठ । दैलेखमा भइरहेको पेट्रोलियम पदार्थको उत्खनन् कार्य मजदुर आउन नसकेका कारण रोकिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । शनिबार दैलेखको २ नम्बर क्षेत्रका सांसद राजबहादुर बुढाले उठाएको प्रश्नमा अर्थमन्त्री शर्माले यस्तो जानकारी दिएका हुन् ।

‘चीन नेपाल सरकारले संयुक्त रुपमा उत्खन गर्ने भनिएको दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् काम किन रोकिएको हो यस विषयमा जानकार चाहान्छु,’ सांसद बुढाले भने । सांसद बुढाले अघिल्लो पटकको बजेटमा समावेश गरिएको यो कार्यक्रम किन समावेश नगरेको भन्द्र प्रश्न गरेका थिए । त्यसको जबाफ दिदै अर्थमन्त्री शर्माले अहिले कोभिडका कारण कामदार नआएका कारण उत्खनको कार्य रोकिएको बताएका हुन् ।