Dhulikhel Eco Banner new

सामान्य अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल

3.59K
shares

काठमाडौं, २८ पुस । सोमवार शेयर बजार सामान्य अंकले घटेको छ । शेयर बजार ५.५४ अंकले घटेर २६३५ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा ७५ कम्पनीको शेयर मूल्य बढेको छ भने १७८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७ कम्पनीको स्थिर रहेको छ । यसदिन ६ अर्ब ४७ करोडको कारोबार भएको हो ।

सामान्य अंकले घटेको शेयर बजारमा एसवाई प्यानल र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी रसुवागढी जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ८.५३ प्रतिशतका दरले कमाएका छन् भने नागरिक पारस्परिक कोष २ का लगानीकर्ताले ५.८५ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी बुङ्गल हाइड्रो लिमिटेडका लगानीकर्ताले ५.४१ प्रतिशतका दरले कमाएका छन् ।