Dhulikhel Eco Banner new

शेयर बजारमा ६ अर्ब ४७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

2.56K
shares

काठमाडौं, २८ पुस । शेयर बजारमा ६ अर्ब ४७ करोडको कारोबार हुँदा एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ४२ करोड २२ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन राधी विद्युतको ३१ करोड ५७ लाख रुपैयाँ कारोबार भएको छ भने मञ्जुश्री फाइनान्सको २७ करोड ८१ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी श्रीनगर एग्रीटेकको २५ करोड ५२ लाख रुपैयाँ कारोबार भएको छ भने शिवम सिमेन्टको २४ करोड ५८ लाख रुपैयाँ कारोबार भएको छ ।