शेयर बजारमा १३३ कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक
वि.सं.२०८२ माघ २८ बुधवार १५:३३
shares

काठमाडौं, २८ माघ । बुधवार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ०.०४ अंकले घटेर २,६६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३३ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । यसदिन ८ अर्ब ६९ करोडको कारोबार भएको हो ।
झिनो अंकले घटेको शेयर बजारमा रिडी पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९.६७ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सुपर माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ६.३९ प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि शुभम पावर लिमिटेडका लगानीकर्ताले ६.२१ प्रतिशतका दरले गुमाएका छन् भने क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ५.८० प्रतिशतका दरले गुमाएका छन् ।
त्यसैगरि सिद्धार्थ लगानी वृद्धि योजना ३ का लगानीकर्ताले ४.७६ प्रतिशतका दरले गुमाएका छन् भने नारायणी विकास बैंक लिमिटेडका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका छन् ।















