Dhulikhel Eco Banner new

डिप्रोक्स लघुवित्तको संस्थापक शेयर लिलामीमा

7.57K
shares

काठमाडौं, १६ असार । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आज (बिहीवार) देखि लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले १ लाख २८ हजार ८१२ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले असार २३ गते अपरान्ह्र ३ बजेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।

उक्त शेयरको न्यूनतम मूल्य रू. ५०८ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नु पर्ने हुन्छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

यो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।