Dhulikhel Eco Banner new

शेयर बजारमा १३० कम्पनीको शेयर मूल्य घट्दा यी ५ कम्पनीले गुमाए सर्वाधिक

2.08K
shares

काठमाडौं, १ चैत । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.४५ अंकले बढेर २,८२४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ३२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा दरमखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरी खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले गुमाएका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना ( २ का लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् ।

त्यसैगरि थ्री स्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ३.३५ प्रतिशतका दरले गुमाएका छन् भने हिम स्टार ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले ३.३० प्रतिशतका दरले गुमाएका छन् ।