उच्च अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत ५ बिहीवार १५:४२
shares

काठमाडौं, ५ चैत । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६४.९७ अंकले बढेर २८७७ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन २१ अर्ब २२ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेड, सालापा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९ .९९ प्रतिशतका दरले कमाएका छन् भने होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले ९.९६ प्रतिशतका दरले कमाएका छन् ।


















