Dhulikhel Eco Banner new

उच्च अंकले बढ्यो शेयर बजार, कारोबार रकम पनि बढ्यो

2.7K
shares

काठमाडौं, ५ चैत । बिहीवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ६४.६९ अंकले बढेर २८७७ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । यसदिन २१ अर्ब २२ करोडको कारोबार भएको हो ।

उच्च अंकले बढेको शेयर बजारमा कर्पोरेट विकास बैंक लिमिटेड, सालापा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी नेपाल लाइफ समृद्धि लगनी योजनाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ५.१२ प्रतिशतका दरले गुमाएका छन् ।