दोहोरो अंकले बढ्यो शेयर बजार, कारोबार रकम घट्यो
वि.सं.२०८२ चैत १० मंगलवार १५:०८
shares

काठमाडौं, १० चैत । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.८३ अंकले बढेर २,९६० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ८३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतका दरले गुमाएका छन् ।















