दोहोरो अंकले बढेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत १० मंगलवार १५:१५
shares

काठमाडौं, १० चैत । मंगलवार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार २३.८३ अंकले बढेर २,९६० बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा १३६ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ८३ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले बढेको शेयर बजारमा सालापा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सोलु हाइड्रोपावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने हिमालयन पावर पार्टनर लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरि भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

















